पत्रपत्रिकामा प्रदेश : साना नाका बन्द गर्न प्रदेशको आग्रह, एकसाता भित्र अस्थायी अस्पताल बनाउने तयारी

विराटनगर, ८ चैत । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि प्रदेश सरकारले केन्द्र सरकारलाई साना नाका बन्द गर्न आग्रह गरेको छ ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले विराटनगरको रानी र काकडभिट्टालाई व्यवस्थीत गर्दै अन्य नाका बन्द गर्न आग्रह गरेको खबर प्रदेश १ बाट प्रकाशित हुने सबै पत्रपत्रिकाले छापेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि प्रदेश सरकारले एकसाता भित्र विराटनगरमा अस्थायी अस्पताल निर्माण गर्ने भएको छ । विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा अस्थायी अस्पताल निर्माण गर्ने भएको हो ।

एकसाता भित्र निर्माण हुने अस्पताललाई अन्य अस्पतालबाट रेफर भएर आएका विरामीको उपचार केन्द्र बनाइने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । ७ दिन भित्र निर्माण हुने अस्पतालमा भेण्टिलेटर सेवा पनि सञ्चालन गरिने खबर प्रदेश १ बाट प्रकाशित हुने पत्रपत्रिकाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

पुस्तकालय जोगाउन विराटनगरका प्रतिष्ठित व्यक्तीहरु सक्रिय भएका छन् । पूर्व न्यायाधिस भिमेन्द्रबहादुर कार्कीको अध्यक्षमतामा गठित समितिले पुस्तकालय बचाउने अभियान सञ्चालन गरेको खबर आजको उद्घोष दैनिकमा छ ।

कोरोना संक्रमणको जाखिम बढेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हेल्पलाइन सञ्चालनमा ल्याइएको छ । अस्पतालले दुईवटा नम्बरमा हेल्पलाइन सञ्चालनमा ल्याएको खबर आजको ब्लाष्ट दैनिकमा छ ।

Loading...