कोरोना महामारी : ९१ हजार उपचारपछि घर फर्किए,मृत्यु हुनेको संख्या ११ हजार कट्यो

विराटनगर, ८ चैत । कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८४ पुगेको छ ।

चीनको वुहान सहरमा पहिलो पटक देखिएको कोरोना संक्रमणका कारण विश्वर मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८४ पुगेको हो ।

कोरोनाको संक्रमण विश्वभर २ लाख ७५ हजार ४ सय ९१ जनामा देखिएको छ । ती मध्ये ९१ हजार ५ सय ३३ जना उपचार पनि निको भएर फर्किएका छन् ।

१ लाख ७२ हजार ५ सय ७४ उपचाररत छन् । ती मध्ये ७ हजारको गम्भिर अवस्थामा उपचार भइरहेकाे छ ।

Loading...