birat ribon

अत्यावश्यक सेवा लिनबाहेक अस्पताल नजान मेडिकल काउन्सिलको आग्रह

Neuro
अत्यावश्यक सेवा लिनबाहेक अस्पताल नजान मेडिकल काउन्सिलको आग्रह

विराटनगर, ७ चैत । अत्यावश्यक सेवा लिनैपर्ने अवस्थाबाहेक अस्पताल नजान नेपाल मेडिकल काउन्सिलले आग्रह गरेको छ ।

आम सर्वसाधारणलाई सामान्य रुघाखोकी तथा ज्वोरोलाई घरमै उपचार गर्न आग्रह गर्दै काउन्सिलले आज एक विज्ञप्ति जारी गरेको हो ।

cura insider

उक्त बिज्ञप्तिमा उल्लेख गरिए अनुसार अत्यावश्यक सेवा लिनुपर्ने अवस्थाबाहेकका अवस्थामा सकेसम्म अस्पताल नजान र शल्यक्रिया गर्नुपर्ने तर स्वास्थ्य अवस्था सामान्य रहेको बिरामीलाई कोरोनाको जोखिम कम भएपछि मात्र शल्यक्रिया गर्नसमेत आग्रह गरेको छ ।

अस्पतालहरूलाई पनि अत्यावश्यक नभएका शल्यक्रिया तथा उपचार विधि कम गर्न, एक सयभन्दा माथि शैय्या भएका अस्पताल लाई व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्टसन इक्युपमेन्ट) सहित छुट्टै ज्वरो क्लिनिक सन्चालन गर्न, क्लिनिकहरू सञ्चालन नगर्न, अत्यावश्यकबाहेकका दन्त चितिक्सक सेवा संचालन नगर्न तथा स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ ।

कोरोनाको संक्रमणको जोखिम बढिरहेको समयमा अस्पताल क्षेत्रमा भीडभाड नगर्न, रुघाखोकी तथा जोरो आएको व्यक्तिबाट टाढा रहन र हात धुनसमेत अनुरोध गरेको छ ।

jackson ribon