रोनाल्डिन्होले ६ महिना जेल बस्नुपर्ने

एजेन्सी, ७ चैत । ब्राजिलियन लिजेन्ड खेलाडी रोनाल्डिन्होले ६ महिना जेलमा बस्नुपर्ने भएको छ ।

जाली पासपोर्ट (राहदानी) प्रकरणका कारण पाराग्वे अदालतले उनलाई ६ महिना जेलमा राख्न आदेश दिएको हो ।

शुक्रबार बिहान पाराग्वेको अदालत बार्सिलोनाका पूर्वखेलाडी रोनाल्डिन्हो ६ महिनाको जेल सजाय सुनाएको हो ।

जाली पासपोर्टका कारण रोनाल्डिन्हो र उनका दाइ रोबर्टो केही दिनअघिदेखि जेलमा थिए ।

पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरूको दाबी छ ।

रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट केही समयअघि पाराग्वे पुगेका थिए ।

विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए ।

जसमा पराग्वेको राष्ट्रियता उल्लेख गरिएको पासपोर्ट फेला परेको थियो ।

Loading...