birat ribon

अब कार्यालयमा सेवा लिन जाँदा अनिवार्य साबुन पानीले हात धुनुपर्ने

Neuro
अब कार्यालयमा सेवा लिन जाँदा अनिवार्य साबुन पानीले हात धुनुपर्ने

सल्यान, ७ चैत । कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सरकारी कार्यालयहरुले सेवा लिनुपूर्व अनिवार्य साबुन पानीले हात धुन साुबन पानीको व्यवस्था गरेका छन् ।

सेवाग्राही कार्यालयमा सेवा लिन आउँदा अनिवार्य साबुन पानीले हात धोएर मात्र सेवा क्षेत्रमा प्रवेश गर्नु पर्नेछ ।

cura insider

सेवाग्राही सेवा लिन आउँदा र सेवा लिएर फर्कँदा साबुन पानीले अनिवार्य हात धुने व्यवस्था गरिएको प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखराका निमित्त प्रमुख वीरबहादुर वलीले बताए ।

उनले भने, ‘कोरोना भाइरसको सन्त्रास अहिले विश्वभर छ ।

नेपाल पनि कोरोनाको जोखिममा रहेको छ । यस्तो अवस्थामा आम नागरिकलाई सेचत बनाउन यस्तो कार्यको थालनीका गरेका हौं ।’

हतासको वातावरण सृजना गर्नेभन्दा सचेतना र आत्मवलको विकास गर्न यस प्रकारको कार्य थालेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए ।

उनले भने, ‘कोरोना भाइरसबाट बच्नको लागि यो पूर्व तयारी हो ।’

नगरपालिकामा सेवा लिनु पूर्व र सेवा लिए पश्चात साबुन पानीले हात धुने कामको थालनी गरिएको नगरप्रमुख अधिकारीले बताए ।

jackson ribon