रियल मड्रिडका लुका जोभिकमाथि मुद्दा

एजेन्सी, ७ चैत । कोरोना भाइरस (कोभिड–१९) को क्वारेन्टाइन नियम उल्लंघन गरेको भन्दै रियल मड्रिडका स्टार लुका जोभिकमाथि मुद्दा चलाइने भएको छ ।

सर्वियन सरकारले स्ट्राइकर लुका जोभिकमाथि मुद्दा चलाउने भएको अन्तर्राष्ट्रिय मिडियाले जानकारी दिएका छन् ।

सर्वियाले कोरोना संक्रमण भएको देशबाट फर्किएका नागरिकले २८ दिन क्वारेन्टाइनमा बस्ने बाध्यकारी नियम बनाएको थियो ।

तर, सो बाध्यकारी नियम उल्लंघन गरेको भन्दै सर्वियन सरकारले उनीमाथि मुद्दा चलाउने भएको हो ।

कोरोनाको प्रकोपछि जोभिक स्पेनबाट सर्विया फर्किएका थिए ।

रोयटर्सका अनुसार स्वदेश फर्किएपछि केही दिन क्वारेन्टाइनमा बसेका उनी नियम तोडेर बाहिर निस्किएका थिए ।

यता, जोभिकले भने आफू औषधि किन्नका लागि फार्मेसी गएको भन्दै माफी मागेका छन् ।

तर सर्वियन सरकारले भने पहिलो चरणमा सहज कारवाही गरिने र उनले फेरि नियम उल्लंघन गरे कडा कदम चालिने चेतावनी दिएको छ ।

Loading...