गायिका कनिका कपूरलाई कोरोना संक्रमण

एजेन्सी, ७ चैत । बलिउडकी प्रसिद्ध गायिका कनिका कपूरलाई कोरोना भाइरस पोजिटिभ भएको पुष्टी भएको छ ।

शुक्रबार कोरोना पुष्टी भएको उनलाई लखनउको किंग जर्ज मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको छ ।

उनी १५ मार्चमा लन्डनबाट लखनउ आएकी थिइन् ।

विमानस्थलमा उनी ग्राउन्ड स्टाफसँग मिलेर वाशरूमबाट भागेको बताइएको छ ।

कनिकाले आइतबार लखनउको ग्यालेन्ट अपार्टमेन्टमा एक पार्टी आयोजना गरेकी थिइन् ।

त्यसमा लखनउका ठूला अधिकारी र अनेकौं नेता थिए ।

त्यसपछि पनि कनिका लखनऊको एक विशाल अपार्टमेन्टमा रहँदै आएकी थिइन् ।

चिकित्सा अधिकारीहरू कनिका बसेका सम्पूर्ण भवन क्वारेन्टिनेनमा अवलोकन गर्नुपर्ने र पार्टीमा आएका पाहुनाहरूलाई परीक्षणको विधिको बारेमा अनिश्चित छन् ।

Loading...