प्रधानमन्त्री ओलीले जनतालाई सम्बोधन गर्ने

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार जनतालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ५ बजे जनतालाई सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईलका अनुसार ओलीले रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले हाल विश्वभरि फैलिदै गरेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणबारे सरकारले गरिरहेको तयारी लगायत समसामयिक विषयमा सम्बोधन गर्नेछन् ।

Loading...