पत्नीलाई झुटो बोलेर प्रेमीका भेट्न जाँदा कोरोनाको संक्रमण

एजेन्सी, ७ चैत । ब्रिटेनमा एक व्यक्तिलाई झुटो बोलेको कारण कोरोना भाइरसको संक्रमण भएको छ ।

आफ्नो पत्नीलाई झुटो बोलेर प्रेमिकालाई भेट्न गएका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको हो ।

पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि बेलायत जाँदैछु भनेर सुनाएपछि घर छाडेका थिए ।

तर, उक्त व्यक्तिले बिजनेस मिटिङ भएको आफ्नो पत्नीलाई ढाँटेर प्रेमिकालाई भेट्न इटाली पुगेका थिए ।

इटालीमा प्रेमिकासँग केही दिन बिताएका ती व्यक्ति प्रेमिकाबाटै संक्रमित बनेका हुन् ।

रिपोर्टका अनुसार उक्त व्यक्तिले आफ्नो प्रेमिकाको नाम खुलाएको छैन ।

तर उनी करीब ३० वर्षको छिन् ।

संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरेका हुन् ।

तर, उक्त व्यक्तिको श्रीमतीलाई अझै थाहा छैन कि उनको पतिलाई यो भाइरस कसरी संक्रमित भएको हो ।

३० वर्षीया प्रेमिकालाई आइसोलेसनमै राखिएको छ । ती व्यक्तिले आफ्नो पत्नीलाई घरमा सेल्फ आइसोलेसनमा राखेका छन् ।

Loading...