पीएसजीले नेयमारलाई बेचेर डेबाला भित्र्याउने

एजेन्सी, ७ चैत । फ्रान्सको च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्ना स्टार खेलाडी नेयमारलाई बेचेर युभेन्टसका पाउलो डेबालालाई ल्याउने भएको छ ।

इटालियन क्लब युभेन्टसका फरवार्ड डेबालाका लागि आर्थिक रकम जुटाउन पीएसजीले ब्राजिलियन स्टार नेयमारलाई बेच्न लागेको इटालियन मिडिया क्याल्सिमेर्काटोको दाबी छ ।

२८ वर्षीय नेयमार पछिल्लो समय स्पेनिस क्लब बार्सिलोनो फर्किने मनसाय बनाएका छन् ।

पीएसजीले नेयमारको मूल्य घटाउँदै उनलाई ला लिगा क्लब पठाउने भएको छ ।

र, उनको स्थानमा अर्जेन्टिनी स्टार डेबालालाई ल्याउन चाहेको क्याल्सिमेर्काटोको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार पीएसजीले अघिल्लो समरदेखि नै २६ वर्षीय डेबाला भित्र्याउने योजना बनाएको थियो ।

युभेन्टसले पनि डेबालालाई बेच्नेमा पीएसजी विश्वस्त छ ।

पीएसजीले नेयमारलाई १ सय २० मिलियन युरोमा सल्टाएर डेबाला किन्ने मनसाय बनाएको बताइएको छ ।

नेयमार भने केही समयअगाडिदेखि नै पूर्वक्लब बार्सिलोना जाने इच्छा देखाएका छन् ।

सन् २०१७ मा कीर्तिमानी मूल्यमा लिग वान च्याम्पियन क्लब आएका उनको सरुवा बार्सिलोना र पीएसजीबीचमा कुरा नमिल्दा हुन सकेको छैन ।

Loading...