फिफाले महंगा ट्रान्सफर बन्द गर्न सक्ने

एजेन्सी, ७ चैत । पछिल्लो समय चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव खेलकुद क्षेत्रमा ब्याप्त छ ।

कोरोनाका कारण खेलहरू हुन पाएका छैनन् । क्लबहरूले खाली बस्नुपर्ने अवस्था छ अनि उपाधि अन्यौलमा परेको छ ।

यसको असर क्लब फुटबलमा धेरै छ । तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्लबहरूलाई सहज पर्नेगरी केही नियम ल्याउने तयारी गरिरहेको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार अब फिफाले महंगा ट्रान्सफर विन्डोहरू बन्द गर्ने जस्तो नियम ल्याउने भएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार अब आउँदो समयमा १०० मिलियन युरोको ट्रान्सफर गर्नका लागि कुनै पनि क्लबलाई सजिलो छैन ।

जसकारण आगामी सिजनमा १०० मिलियन युरोभन्दा महंगा ट्रान्सफर बन्द हुन सक्नेछन् ।

पछिल्लो समय १०० मिलियन युरोभन्दा बढी रकम पर्ने केही खेलाडीहरू ट्रान्सफर हुने अवस्था आएको देखिएको छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टारद्वय नेयमार र किलियन एम्बाप्पे, फिलिप्पे कोउटिन्हो, ओसमान डेम्बेले र पल पोग्बा रहेका छन् ।

त्यसबाहेक जाओ फेलिक्स, एन्टोनी ग्रिजम्यान, क्रिष्टियानो रोनाल्डो र इडेन हाजार्ड एक सय मिलियन युरोभन्दा बढी रकम पर्ने खेलाडीहरू हुन् ।

Loading...