कोरोनाबाट निको भएपछि अभिनेत्री ओल्गाले सुनाइन् आफ्नो अनुभव

एजेन्सी, ७ चैत । ‘जेम्स बन्ड’ शृंखलाको क्वान्टम अफ सलिस फिल्ममा अभिनय गरेकी अभिनेत्री ओल्गा कुरिलेन्को कोरोना भाइरस संक्रमणबाट निको भएकी छन् ।

संक्रमण पत्ता लागेलगत्तै आइसोलेशनमा बसेकी डिस्चार्ज भएर सेल्फ क्वारेन्टाइनमा बसेकी छन् ।

उनले आफ्नो इन्सटाग्राममार्फत आफू निको भएको र लन्डनमा रहेको बताएकी छन् ।

कोरोना भाइरसको शंका लागे लगत्तै अस्पताल गएर जाँच गराएर रिपोर्ट पोजिटिभ आएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।

उनले आफ्नो आइसोलेसनमा बस्दाको आफ्नो अनुभव सेयर गरेकी छिन् ।

उनलाई आइसोलेसनमा बस्दा डाक्टरले कोरोनाविरुद्ध कुनै पनि औषधि नदिएको बताएकी छन् ।

चिकित्सकले ज्वरो आएमा र दुखाइ बढेमा खानका लागि आफूलाई प्यारासिटामोल मात्र दिएको बताउँदै उनले त्यही खाएर र आइसोलेसनमा बसेर आफू निको भएको बताएकी छन् ।

मुखमा मास्क लगाएको तस्बिर सेयर गर्दै उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन आफूले केही भिटामिन भने खाएको उल्लेख गरेकी छिन् ।

आफूले खाएको भिटामिनले कोरोना भाइरसलाई नरोक्ने भए पनि रोग प्रतिरोधात्मक क्षमता भने बढाउने भन्दै आफूले भिटामिन ‘बी’ फाइभ, भिटामिन ‘सी’ र भिटामिन ‘ई’ खाएको खुलाएकी छन् ।

साथै उनले अरु पनि केही औषधि खाएको बताउँदै अरुलाई प्रयोग भने नगर्न अनुरोध पनि गरेकी छन् ।

अस्पतालमा गम्भीर भइसकेका बिरामीहरू भएका कारण आफैंले पनि उपचार गर्न सकिने भएपछि अस्पतालमा नबसेर घरमा एक्लै आफैंलाई थुनेर बसिरहेको बताएकी छन् ।

Loading...