भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार पुग्यो

विराटनगर, ७ चैत । कोराना भाइरस (कोभिड–१९) को संक्रमणका कारण भारतमा थप एक जनाको मृत्यु भएको छ ।

भारतको सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार भारतको पञ्जाब प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु भएका पछिल्ला व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति ७ मार्चमा इटाली र जर्मनीको भ्रमण गरेर भारत आएको बताइएको छ ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य अधिकारीका अनुसार संक्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किएका छन् ।

Loading...