रियलमा छँदा रोनाल्डोले गरेका थिए लेवान्डोस्कीलाई ‘निम्तो’

एजेन्सी, ७ चैत । जर्मन क्लब बायर्न म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले आफूलाई पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडमा अनुबन्ध हुन आग्रह गरेको खुलासा गरेका छन् ।

स्पेनिस मिडिया ‘स्पोर्ट्स’सँगको कुराकानीमा लेवान्डोस्कीले रोनाल्डोको आग्रह हुँदाहुँदै पनि आफू रियल मड्रिडमा अनुबन्ध नभएको बताएका हुन् ।

तीन वर्ष अगाडि च्याम्पियन्स लिगमा एक–अर्काविरुद्ध खेलेपछि रोनाल्डोले आफूलाई रियल आउन आग्रह गरेको लेवान्डोस्कीले बताए ।

‘हो, रोनाल्डो र कप्तान सर्जियो रामोसले त्यतिबेला मलाई रियलमा अनुबन्ध हुन आग्रह गरेका थिए । तर, मलाई त्यो महत्त्वपूर्ण कुरा हो जस्तो लागेन । जब उच्च स्तरको प्रदर्शन गरिरहेको थिएँ र निरन्तर राम्रो गर्न चाहन्थेँ’, लेवान्डोस्कीले भने ।

उनले थपे, ‘अहिले मलाई विश्वकै उत्कृष्टमध्ये एक क्लबमा छु र मलाई थाहा छ कि म यहाँ धेरै खुशी छु । हामी अहिले धेरै उच्च स्तरमा खेलिरहेका छौं ।’

Loading...