कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा बढी

एजेन्सी, ७ चैत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट कोरोनाको उद्गमस्थल चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ ।

शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाउँदा इटालीमा ३४ सय पाँच जना पुगेको छ ।

बिहीबार एकैदिन इटालीमा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिलेसम्म कोरोनाबाट ३२ सय ४९ जनाको मात्रै ज्यान गएको छ ।

इटाली सरकारले १२ मार्चदेखि सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । तर, संक्रमणका कारण हुने मृत्युदर भने घटेको छैन ।

Loading...