दोलखामा बन्द भएनन् विद्यालय, परिक्षा सञ्चालन

दोलखा, ७ चैत । कोरोना भाइरसको पूर्व सतर्कताका लागि सरकारले बिहीबारबाट एसईईसमेत स्थगन गरी सम्पूर्ण विद्यालय, विश्वविद्यालयलगायत बन्द गर्ने निर्णयको दोलखामा भने पालना नभएको भेटिएको छ ।

दोलखामा भने एकीकृत विद्यालयस्तरीय परीक्षा समितिले विद्यार्थी बोलाई परीक्षा सञ्चालन गरेको छ। सरकारको निर्णयलाई चुनौती दिँदै एकीकृत विद्यालयस्तरीय परीक्षा समितिले जिल्लाका वटा स्थानीय तहका विद्यालयमा परीक्षा सञ्चालन गरेको छ। समितिले बिहीबार कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रम, कक्षा ६, ७ र ८ को पेसा व्यवसाय तथा कक्षा ९ को स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन गरेको हो।

कक्षा ८ बाहेक जिल्लामा निजी तथा सामुदायिक विद्यालयको कक्षा १–९ को परीक्षा सञ्चालन गर्ने सो समिति, प्याब्सन र एनप्याब्सनले विद्यालयमा परीक्षा सञ्चालन गरेर सरकार र कोरोना भाइरसको संक्रमणलाई चुनौती दिएका हुन्। जिल्लाका निजी विद्यालयले समेत बिहीबार विद्यालय खोलेर परीक्षा सञ्चालन गरेका थिए।

Loading...