Rumpum Advertisement

पूर्वप्रधानमन्त्री कोइरालाको दशौं स्मृति दिवस आज

Neuro Revised Adv
Koshi Dashain ad
पूर्वप्रधानमन्त्री कोइरालाको दशौं स्मृति दिवस आज

विराटनगर, ७ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको आज १० वर्ष पुरा भएको छ । १० वर्ष अघि ०६६ साल चैत्र ७ गते उनको निधन भएको थियो ।

कोइरालाको नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो । कोइरालाकै अगुवाइमा ०६२÷६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो ।

सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरीजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजनितिक जीवनमा कोइरालाले पार्टी भित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो ।

मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत थिए । उनी ०४८ जेठ १२ देखि ०५१ मंसिर १४, ०५५ वैशाख २ देखि ०५६ जेठ १७, ०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि चार पटक प्रधानमन्त्री भएका थिए ।

६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न भएका कोइरालाको जन्म १९८१ साल असार १८ गते भारत विहारमा भएको थियो । नेपाली राजनितीमा कोइरालाको योगदान अतुलनिय रहेको छ ।