सुनसान देखिए भारतीय सहर

बीबीसी । नयाँ कोरोना भाइरसको संक्रमण तेजीसाथ फैलँदै गएपछि विश्वको दोस्रो ठूलो जनसङ्ख्या भएको देश, भारतका सहरहरु सुनसान देखिन थालेका छन् । अरुबेला ठूलो भीडभाड र होहल्ला हुने सहरहरुमा अहिले जनता घर भित्र बस्नथालेपछि ट्राफिक समेत अत्यन्तै न्युन छ भने विवाह लगायतका भव्यतापूर्वक मनाइने समारोह पारिवारिक भेटमा सिमित भएका छन् ।

बिहिबारसम्म भारतमा १५१ जना संक्रमित छन् भने तीनजनाको मृत्यु भइसकेको छ । तर स्वास्थ्यविद्हरुले परीक्षण सामग्रीको अभावमा सिमित मानिसहरुमा मात्र टेस्ट गरिएको र धेरैले लक्षणबारे खुलेर रिपोर्ट नगरि रहेकाले संक्रमितको सङ्ख्या यति थोरै भएको हुन सक्ने भनि चिन्ता व्यक्त गरिरहेका छन् । भारतले अहिलेसम्म १२ हजार जनामा परीक्षण गराएको छ ।

यस्तोमा कोरोना संक्रमण सामुदायिक रुपमा कुन स्तरले फैलिरहेको छ भन्ने स्पष्ट भएको छैन । यता भारतको केन्द्रिय सरकार, प्रदेश सरकार र सहरी प्रशासकहरुले चाहिँ यस विरुद्ध उपयुक्त कदम उठाइएको दाबी गरिरहेका छन् ।

Loading...