कोरोना त्रास : सामान्य मुद्दाका आरोपी थुनामुक्त हुदै

काठमाडौं, ७ चैत । सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सामान्य मुद्दाका अभियुक्त र आरोपीलाई छाडिदिएर भिडभाड कम गर्न लागेको छ। महान्यायाधिवक्ता कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार अभियुक्तलाई धरौटी, जमानी वा तारेखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने अवस्था बाहेकका अभियुक्तलाई पक्राउ नगरी तथा पक्राउ परेकालाई तारेखमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधानअनुसार निर्देशन दिइएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

प्रहरीले शुक्रबारदेखि नै सामान्य मुद्दाका आरोपीलाई तारेखमा छाड्ने तयारी गरेको छ । हिरासतमा एकजनालाई संक्रमण भए पनि सबैलाई फैलने जोखिम हुन्छ । त्यस्तै, कैदीहरूलाई कानुनअनुसार कैद छुट दिन लागिएको छ । एक वर्षभन्दा कम कैद सजाय भएका मुद्दामा जरिवाना लिएर छाड्न सकिने भएकाले त्यसलाई कार्यान्वयन गर्न लागिएको हो ।

Loading...