सस्तै मूल्यमा पोग्बा बेच्न तयार युनाइटेड

एजेन्सी, ७ चैत । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सस्तै मूल्यमा आफ्ना स्टार पल पोग्बा बेच्न तयार रहेको बताइएको छ ।

‘द सन’का अनुसार युनाइटेडले यस समरका लागि पोग्बाको मूल्य तोकेको छ ।

अब युनाइटेडले विश्वकप विजेता पोग्बालाई १०० मिलियन पाउण्डमै बेच्ने भएको छ ।

उसले यस समरमा पोग्बालाई लिएर १०० मिलियन पाउण्डको प्रस्ताव आएमा स्वीकार गर्ने भएको हो ।

अघिल्लो वर्ष युनाइटेडले उनको मूल्य १ सय ८० मिलियन पाउण्ड तोकेको थियो ।

हाल उनीमाथि स्पेनिस क्लब रियल मड्रिडको नजर रहेको बताइएको छ । त्यसबाहेक इटालियन क्लब युभेन्टसले पनि पोग्बा फर्काउन चाहेको बताइएको छ ।

२०१८ को विश्वकप विजेता पोग्बा र युनाइटेडबीचको सम्झौता अर्को समरमा सकिनेछ ।

Loading...