कुबोले यसरी गरे रोनाल्डो र मेस्सीबीच तुलना

एजेन्सी, ७ चैत । जापानिज स्टार टेकफुसा कुबोले स्टार खेलाडीद्वय क्रिस्टिायानो रोनाल्डो र लियोनल मेस्सीबीच तुलना गरेका छन् ।

स्पेनिस क्लबद्वय बार्सिलोना र रियल मड्रिड दुवै क्लबबाट आफ्नो अनुभव संगालेका कुबोले सामाजिक सञ्जालमै मेस्सी र रोनाल्डोको तुलना गरेका हुन् ।

१८ वर्षीय कुबोले रियल र बार्सिलोना दुवै क्लबबाट खेलेका छन् ।

युवा करिअर बार्सिलोनामा बिताएका उनी सन् २०१९ मा रियल गएका थिए ।

तर, सोही वर्ष उनी लोनमा रियल मल्लोर्का गए ।

मल्लोर्काका मिडफिल्डर कुबोले सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूलाई जवाफ दिँदै आफूलाई मन पर्ने खेलाडीको पक्षको विषयमा बोलेका थिए ।

त्यसक्रममा उनले रोनाल्डो म्यानचेस्टर युनाइटेडमा छँदादेखि नै आफूलाई मन पर्ने खेलाडी भएको बताए ।

‘मलाई रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा छँदा धेरै मन पर्थ्यो । तर, रियलमा आएपछि रोनाल्डो धेरै गोल गर्ने खेलाडी भए,’ उनले जवाफ दिएका छन् ।

‘मलाई मेस्सीको ड्रिबलभन्दा रोनाल्डोको फ्रिकिक धेरै राम्रो लाग्छ,’ उनले भने ।

Loading...