हालाण्डले गरे रियल मड्रिड जान अस्वीकार, युनाइटेड जाने संकेत

एजेन्सी, ७ चैत । जर्मन क्लब बोरुसिया डर्टमुण्डका स्टार इर्लिङ हालाण्ड रियल मड्रिड जान अस्वीकार गरेका छन् ।

खबरका अनुसार रियलले गरेको प्रस्तावलाई नर्वेका स्टार हालाण्डले अस्वीकार गरेका छन् ।

यता, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उनीमाथि नजर राखेको बताइएको छ ।

रियल मड्रिडका पूर्वस्टार एमसीमनाम्यानले हालाण्ड ला लिगा खेल्ने मनसायमा नरहेको बताए । उनका अनुसार हालाण्डलाई भित्र्याउनका लागि युनाइटेडले इच्छा राखेको छ ।

युनाइटेडले युवा स्टार हालाण्डलाई जनवरी ट्रान्सफर विन्डोमार्फत् क्लबमा ल्याउने इच्छा राखेको जनाइएको छ ।

खबरका अनुसार हालाण्डले पनि युनाइटेड जाने संकेत गरेको बताइएको छ ।

१९ वर्षीय हालाण्ड यसै सिजन मात्र बुन्डेसलिगा क्लब डर्टमुण्डमा अनुबन्ध भएका हुन् ।

उनको उच्च प्रदर्शनका कारण डर्टमुण्डमा आएको केही महिनाभित्रै ठूला क्लबले उनीमाथि नजर लगाएका छन् ।

सुरुआतदेखि नै उनीमाथि रियलले नजर लगाएको थियो ।

रियलले प्रतिसिजन ५० गोलसम्म गर्न सक्ने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको अभाव हटाउन उनलाई भित्र्याउने मनसाय बनाएको थियो ।

यसै सिजन मात्र अष्ट्रियन क्लब रेडबुल साल्जबर्गबाट जर्मन क्लब बोरुसिया डर्टमुण्ड आएका उनले च्याम्पिन्स लिगमा डेब्यू गर्दा नै २ गोल गरेका थिए ।

Loading...