प्रिमियर लिग स्थगित

विराटनगर, ६ चैत । इंग्ल्याण्डको प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित भएको छ ।

कोरोना भाइरसको बढ्दो प्रभावका कारण ३० अप्रिलसम्म प्रिमियर लिग स्थगित भएको हो ।

यस अघि अप्रिल पहिलोसताका लागि प्रतियोगिता स्थगित गरिएको थियो । तर कोरोना प्रकोप बढेपछि इंग्ल्याण्डको फुटबल एसोसिएसनले अप्रिल अन्तिमसम्मका लागि लिग स्थगित गरेको हो ।

Loading...