चीनमा कोरोनाको नयाँ संक्रमण शून्य

एजेन्सी, ६ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको सुरुआत भएको चीनको वुहान शहरमा बिहीबारका दिन पहिलोपटक कुनै नयाँ स्थानीय संक्रमित भएका छैनन् ।

गएको डिसेम्बर हुबेई प्रान्तको वुहानमा पहिलोपटक कोरोनाको प्रकोप सुरु भएपछि चीनले कुनै नयाँ स्थानीय संक्रमण रिपोर्ट गरेन, यसले कोरोना नियन्त्रण हुन सक्ने संकेत दिएको छ ।

अधिकारीहरूले चीनमा ३४ जना नयाँ कोरोनाभाइरसका घटनाहरूको पुष्टि भइसकेको छ र उनीहरू अन्य देशबाट चीन आएका थिए । तर, चीन अहिलेसम्म खतराबाट बाहिरिएको छैन ।

उक्त प्रकोप वास्तवमै हराएको कुरा विचार गर्नलाइ लगातार १४ दिनसम्म कुनै नयाँ संक्रमण नदेखिनु आवश्यक रहेको विज्ञहरूले भनेका छन् ।

वुहानमा बुधबार कोरोना भाइरसका कारण थप ८ जनाको ज्यान गएको छ भने एक जना सङ्क्रमित भेटिएका छन् ।

हाल चीनमा स–साना शहरहरूले स्वस्थ मानिसहरूलाई काममा फर्काउन वा आफ्नो गाउँहरू फर्काउन अनुमति दिएका छन् ।

तर, बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ ।

Loading...