‘बेल बटम’मा अक्षयको जोडी वाणी कपुर

विराटनगर, ६ चैत । बलिउडका अभिनेता अक्षय कुमारको नयाँ चलचित्र ‘बेल बटम’ निर्माण हुने भएको छ । ‘बेल बटम’ मा अक्षयसँग अभिनेत्री वाणी कपूर देखिनेछिन् ।

फिल्मको पोस्टर रिलिज भएदेखि नै अभिनेत्री को हुने भन्ने चर्चा चल्दा अक्षयले वाणीलाई फाइनल गरेका हुन् ।

भारतीय मिडियाका अनुसार वाणीले एक हप्ताअघि नै फिल्ममा अभिनय गर्न पक्का हुँदै सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छन् ।

वाणीले पहिलो पटक यशराज ब्यानरभन्दा बाहिरको फिल्म गर्न आतेकी हुन् ।

यो वर्षमा छायांकनमा जाने भनिएको फिल्मको रिलिज २ अप्रिल, २०२१ मा तोकिएको छ ।

अभिनेत्री वाणी कपूर यसअघि रितिक रोशनसँग चलचित्र ‘वार’ मा सँगै देखिएकी हुन् ।

Loading...