‘बुढो’ गोलरक्षकका मानिने बुफनले अहिले नै सन्यास नलिने

एजेन्सी, ६ चैत । इटालियन क्लब युभेन्टसका गोलकिपर जियानलुइगी बुफनले आफ्नो सन्यासको विषयमा बोलेका छन् ।

क्लबको आधिकारिक वेबसाइटसँगको कुराकानीमा ४२ वर्षीय बुफनले आफू तत्काल सन्यास लिनेबारे नसोचेको जनाएका छन् ।

बुफन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट अघिल्लो वर्ष युभेन्टस फर्किएका हुन् ।

सन् २००१ देखि २०१८ सम्म युभेन्टसमा बिताएका उनले पीएसजीबाट एक वर्ष खेले । र, २०१९ मा उनी पुनः टुरिन फर्किए ।

विश्वका बुढो गोलकिपरको रुपमा रहेका बुफनले टुरिन आउँदा आफू क्लब करिअरमा अन्तिम सिजन खेल्ने बताएका थिए ।

तर, हालै युभेन्टसको अफिसियल साइटसँग बोल्दै उनले आफूले अहिले नै सन्यास लिनेबारे नसोचेको बताए ।

उनले भनेका छन्, ‘म अहिल्यै सन्यास लिदिनँ । किनकी, म अझै पनि आफूलाई सहज महशुस गरिरहेको छु । जब म जर्सीमा हुन्छु म सँग छुट्टै सपना हुन्छन् ।’

Loading...