अष्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

सिड्नी, ६ चैत । कोभिड–१९ विश्वव्यापी रूपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सीमाना बन्दको घोषणा गरेका छन् ।

अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा बताएका हुन् ।

गैर अष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो ।

अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अष्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको पनि सो घोषणामा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा देखिएको सङ्क्रमणमध्ये करिब ८० प्रतिशत जति विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिएका छन् ।

अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार बिहीबार बिहानसम्म ५ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।रासस

Loading...