भारतीय मोबाइलमा फोन गर्दा अब सतर्कता सन्देश बज्ने

एजेन्सी, ६ चैत । भारतका मोबाइल नेटवर्क कम्पनीहरूले प्रत्येक फोन कल सुरु हुनुभन्दा पहिले कोरोनाभाइरसको बारेमा ३० सेकेन्डको सूचना सतर्कता बजाउन थालेका छन् ।

भारतीय सरकारले अनुरोध गरेपछि जिओ, बीएसएनएल र भोडाफोनले यो कदम चालेका हुन् ।

सतर्कता सन्देश, अंग्रेजी भाषामा व्यक्ति खोकीको आवाजसहित साथ सुरु हुन्छ र मोबाइल नेटवर्क कम्पनीको धुनको सट्टा बज्ने गर्छ ।

सन्देशमा भाइरस र यसको लक्षणहरूको बारेमा जानकारी समावेश गरिएको छ र सन्देश फोन गर्ने कलरले मात्र सुन्ने गरी व्यवस्था गरिएको छ ।

यो पूर्वनिर्धारित मोबाइलको रिंगटोन भने होइन ।

बीबीसीका दिल्ली ब्यूरोका वरिष्ठ पत्रकार किञ्जल पाण्ड्या–बाघले भन्छन्, ‘हामीले यो रिंगटोन सुन्न थालेको एक हप्ता मात्र भएको छ ।’

सन्देशले मानिसहरूलाई लक्षणहरूको बारेमा बुझ्न मद्दत पुर्‍याएको र यदि संक्रमण देखिएमा के गर्ने भनेर पनि जानकारी दिइएको किञ्जलले बताइन् ।

यद्यपि धेरै सञ्चारमाध्यहरुले सन्देश दिक्कलाग्दो भएको कारण यसलाई बन्द गर्नुपर्ने माग गरिरहेका छन् ।

सन्देशले धेरै मानिसहरुमा जानकारी गराइरहेको भएपनि कोरोनाबाट चिन्तित केही व्यक्तिहरूमा मोबाइल सन्देशले त्रास सिर्जना गरिरहेकाले यस्तो माग आइरहेको पत्रकार किञ्जलले बताइन् ।

सञ्चारमाध्यहरूले मोबाइलमा अंक १ वा ह्यासट्याग कि थिच्दा मात्र सन्देश बजाउन सकिने विकल्प ल्याउन माग गरिरहेका छन् ।

Loading...