कोरोनाको त्रासका कारण लोक सेवा आयोगका सबै परीक्षा स्थगित

काठमाडौं, ६ चैत । लोक सेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सबै परीक्षा स्थगित गरेको छ ।

आज बसेको आयोगको बैठकले ८ चैतपछिका सबै लिखित परीक्षा स्थगित गरेको हो ।

सो बैठकले चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि बुधबार सरकारले सबै शैक्षिक गतिविधि तत्कालको लागि रोक्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयलाई आत्मसाथ गर्दै बिहीबार त्रिविले आफ्ना सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

Loading...