त्रिविद्वारा सबै परीक्षा स्थगित

काठमाडौं, ६ चैत । सरकारको निर्णयलाई आत्मसाथ गर्दै त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्नका लागि बुधबार सरकारले सबै शैक्षिक गतिविधि तत्कालको लागि रोक्ने निर्णय गरेको थियो ।

यही निर्णयलाई आत्मसाथ गर्दै बिहीबार त्रिविले आफ्ना सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

Loading...