पोर्चुगिज प्रशिक्षकले कोरोनालाई जिते

एजेन्सी, ६ चैत । पोर्चुगिज प्रशिक्षक जोर्गे जेसस कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएका छन् ।

ब्राजिलियन क्लब फ्लामेन्गोका मुख्य प्रशिक्षक जेसस कोरोना भाइरसबाट मुक्त भएको हुन् ।

जेससलाई गत सोमबार कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

तर, उपचारपछि उनको परीक्षणमा कोरोना संक्रमण नदेखिएको जनाइएको छ ।

क्लबले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्ना प्रशिक्षक जेससको बुधबारको परीक्षणमा कोरोना नदेखिएको जनाएको हो ।

६५ वर्षीय जेससको परीक्षणमा नेगेटिभ देखिएको फ्लामेन्गोले जनाएको छ ।

Loading...