एक नम्बर प्रदेश सभाको बैठक अनिश्चिकालागि स्थगित

विराटनगर, ६ चैत । एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चिकालागि स्थगित भएको छ ।

एक नम्बर प्रदेश सभाको बिहिबार बसेको कार्याव्यवस्था समितिको बैठकले केरोना भाइरस संक्रमण रोकथामकालागि संघिय सरकारले गरेको निर्णय अनुसार एक नमबर प्रदेश सभा अनिश्चिकालकालागि स्थगित गर्ने निर्णय गरेको हो ।
एक नम्बर प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिबेशनको बिहिबारको २२ औ बैठकपछि सभामुख प्रदिपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मकालागि संसदको बैठक स्थिगित भएको जानकारी गराए ।
संघिय सरकारले कोराना भाइरस संक्रमण रोकथामकालागि २५ जना भन्दा बढी भेला नहुन र अदालत , संसद लगायतका काम कार्वाही स्थगित गर्ने बुधबार निर्णय गरेको थियो ।

Loading...