कोरोनाको त्रासले नेयमार ब्राजिल फर्किए

एजेन्सी, ६ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमार स्वदेश फर्किएका छन् ।

कोरोना विश्वव्यापी फैलिने क्रम बढ्दै जाँदा उनी ब्राजिल फर्किएका हुन् ।

कोरोनाका कारण हाल फ्रान्सेली लिग वान स्थगित छ ।

केही समयअघि नै स्थगित भए पनि नेयमार फ्रान्सको राजधानी पेरिसमै थिए ।

तर, दिनानुदिन कोरोनाको प्रकोप बढ्दै गएपछि उनी ब्राजिल फर्किएका हुन् ।

नेयरसहित ब्राजिलका कप्तान थियागो सिल्भा पनि स्वदेश फर्किएका छन् ।

उनीहरूका साथै पीएसजीका अधिकांश खेलाडीहरू कोरोनाको त्रासले आफ्नो देश फर्किएका छन् ।

पीएसजीका मार्को भेराटी, पाब्लो सराबीया तथा एन्डर हेरेर्रा पनि स्वदेश फर्किसकेका छन् ।

Loading...