इटालीमा कोरोनाको डरलाग्दो रूप : एकै दिन ४ सय ७५ जनाको मृत्यु

एजेन्सी, ६ चैत । कोरोना भाइरसले पूरा युरोपलाई आतंकित बनाइरहेको छ ।

कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ ।

बुधबार इटालीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १ सय ५६ जना गरी ४ सय ७५ जनाको मृत्यु भएको हो ।

कोरोनाको उद्गम स्थल वुहानमा कोरोना नियन्त्रित अवस्थामा पुगेको बेला विश्वभर भने फैलिने क्रममा रहेको छ ।

बीबीसीका अनुसार इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ ।

४ हजार २५ जना उपचारपछि घर फर्किएका छन् । इटलीमा २८ हजार ७ सय १० जना संक्रमित छन् ।

त्यस्तै इरानमा बुधबार १ सय ४७ जनाले ज्यान गुमाएका छन् ।

इरानमा हालसम्म ११ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

उपचारपछि ५ हजार ७ सय १० जना उपचारपछि घर फर्किएका छन् ।

Loading...