सबैभन्दा बढी इटालीमा कोरोनाको प्रकोप, ४ सय ७५ जनाको मृत्यु

एजेन्सी । इटालीमा कोरोना भाइरसको प्रकोप उच्च छ । यहाँ एकै दिनमा ४ सय ७५ जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् ।

तीव्र रुपमा फैलिएको कोरोनाको संक्रमणबाट इटालीमा मात्र मर्नेहरुको संख्या तीन हजार भन्दा बढी छ । कोरोनाको सबैभन्दा बढी प्रभाव फैलिएको इटालीको लोम्बार्डी शहरमा तीन सय १९ जनाको मृत्यु भएको छ ।

चीनपछि सबैभन्दा बढी इटालीमा कोरोनाको प्रकोप फैलिएको हो । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको संक्रमणमा विश्वभर करिव आठ हजार मानिसको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कोरोना प्रभावितको संख्या दुई लाख भन्दा बढी पुगेको छ ।

पछिल्लो समय युरोप र पश्चिमी प्रशान्त क्षेत्रमा यसको प्रकोप बढ्दै गएको छ ।

Loading...