कोरोना त्रास : संसद र अदालतको कारबाही स्थगनको तयारी

विराटनगर, ६ चैत । कोरोना भाइरास (कोभिड–१९) को सङ्क्रमणमा नेपाल सरकारले सतर्कता अघि बढाइरहेका बेला सङ्घीय संसद्को चालू अधिवेशन लामो समय अघि नबढाउने निर्णयमा संसद्का पदाधिकारी पुगेका छन् । यद्यपि अधिवेशन अन्त्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने हुँदा कुनै निर्णय भइसकेको छैन । बैठक भने अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने तयारी भइरहेको छ ।

चैत ७ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यस्तै, चैत ६ गते राष्ट्रिय सभा पनि बस्दैछ । चैत ७ गते पनि बैठक राख्ने तयारी छ । चैत ७ गतेपछि भने बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने तयारी गरिएको छ । सांसदहरूले समेत बैठक स्थगन गर्न माग गरिरहेका छन् ।

यता २५ जना भन्दा बढी भेला हुन नहुने निर्णय सँगै प्रदेश संसद बैठक पनि छोट्याउने तयारीमा प्रदेश संसदका पदाधिकारीको तयारी छ । प्रदेश १ को संसद बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Loading...