पत्रपत्रिकामा देश : सेनाले तयार गर्‍यो ५२ बेडको आइसोलेसन वार्ड, प्रहरीलाई बिदा बस्न रोक

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९०को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ ।पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमा विभिन्न युनिटमा कार्यरत सकल दर्जालाई तालिम गराएको खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनिकलाई प्रशिक्षण दिइएको प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए ।

तालिम पाएका एक सय ८१ जनाले अब आठ पृतना र मातहतका बाहिनी र युनिटमा गएर तालिम दिनेछन्, यो प्रशिक्षक प्रशिक्षण तालिमजस्तै हो,’ प्रवक्ता पाण्डेले भने, ‘हाम्रो जनशक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको यो आन्तरिक तयारीसम्बन्धी तालिम हो ।ु

प्रहरीलाई बिदा बस्न रोक

देशमा कोरोना संक्रमण भए कसरी काम गर्ने भन्नेबारे नेपाल प्रहरीले आन्तरिक कार्ययोजना बनाएको छ । संगठनकै सदस्यमा सतर्कता बढाउनेदेखि पुलिसिङको योजनासमेत बनाएको छ ।

सतर्कताअन्तर्गत भिडभाड हुने क्षेत्रमा खटिँदा अनिवार्य रूपमा मास्क लगाउन थालिएको छ । बुधबार उपत्यकामा कार्यरत सबै प्रहरीलाई मास्क वितरण गरिएको छ । मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नसमेत निर्देशन दिइएको छ ।

Loading...