पत्रपत्रिकामा देश : अब अनुमतिबिनै फोन ट्यापिङ

विराटनगर। राष्ट्रिय अनुसन्धान विभागले अदालतको अनुमतिबिना फोन ट्यापिङ गर्न पाउने भएको छ । फोन ट्यापिङको प्रयोजन भने स्पष्ट हुनुपर्ने र कसैले यसको दुरुपयोग गरे दण्ड सजायको भागिदार हुनु पर्नेछ, आजको राजधानी दैनिकमा खबर छ ।

सरकारले ल्याएको विशेष सेवा ऐनमा अनुसन्धान अधिकारीलाई फोन ट्यापिङ गर्न दिने व्यवस्था छ । व्यक्तिको गोपनीयतालाई कारण देखाउँदै फोन ट्यापिङ गर्न दिने कि नदिने भन्ने विषयमा संसदीय समितिमा लामो विवादपछि बुधबार बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकले सहमति जुटाएको हो ।

जुन प्रयोजनका लागि फोन ट्यापिङ गरिएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग हुने र अन्य प्रयोजनमा प्रयोग गरिए दण्डनीय हुने व्यवस्था राखेर फोन ट्यापिङ गर्न दिने सहमति जुटेको हो ।

Loading...