उमागौरीले चार प्रतिशत ब्याजदरमा महिला उद्यमीलाई कर्जा लगानी गर्ने

विराटनगर, ५ चैत । मोरङको धनपालथान– ४ कर्सीयामा रहेको उमा गौरी कृषि सहकारी संस्थाले महिला उद्यमीहरुलाई ४ प्रतिशत व्याजदरले कर्जा प्रभाव गर्ने भएको छ ।

नबिल बैंकसँगको सहकार्यमा सहकारीले विपन्न बर्गका उद्यमी महिलाहरुका लागि न्यूनतम ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण लगानी गर्ने भएको हो ।

सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले ४ प्रतिशत ब्याज दरमा एकलाख देखि १० लाख सम्मको कर्जा उपलब्ध गराईने जानकारी दिए । उनका अनुसार पाँच सय महिला उद्यमीलाई ऋण प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

सहकारीले ग्रामिण भेगमा बसोवास गर्ने सदस्यहरुलाई विभिन्न बैक संगको सहकार्यमा कर्जा उपलब्ध गराउदै आएको छ ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा रहेको उमा–गौरी कृषि सहकारीमा ६ हजार १सय २५ जना शेयर सदस्य रहेका छन् । सहकारीको ८ वटा सेवाकेन्द्रहरु छन् ।

Loading...