birat ribon

१० लाख थान मास्कसहित एक जना पक्राउ

Neuro
१० लाख थान मास्कसहित एक जना पक्राउ

काठमाडौं, ५ चैत । निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन् ।

Padelux insider
cura insider

महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले बुधबार गोर्खाका युवराज न्यौपानेलाई पक्राउ गरेको हो ।

राजधानीको सानोभर्‍याङबाट उनलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको छ ।

यस्तैमा गएराति उक्त टोलीले सुरज आर्केडबाट एक हजार ६०० थान स्यानिटाइजर तथा काठमाडौँ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको छ । रासस

jackson ribon