कोरोनाको संक्रमणपछि कुकुर मरेको पहिलो घटना

एजेन्सी, ५ चैत । हङकङमा कोरोना भाइरसको उपचारपछि घर फर्काइएको कुकुरको मृत्यु भएको छ ।

कोरोनाको उपचारपछि उक्त १७ वर्षीय कुकुरको अन्तिम दुई पटकको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट फर्काइएको थियो ।

तर, स्वस्थ भनेर क्वारेन्टाइनबाट फर्काइएपछि १६ मार्च सोमबारका दिन उक्त कुकुरको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख गरिएको छ ।

गत २६ फेब्रुअरीमा कोरोनाको संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिएको थियो ।

शनिबार मात्र कुकुरलाई डिस्चार्ज गरी घर फर्काइएको थियो ।

कोरोनाको संक्रमणपछि कुकुर मरेको यो पहिलो घटना हो ।

उक्त कुकुरको मालिक ६० वर्षीय महिलालाई पनि २५ फेब्रुअरीमा कोरोनाको संक्रमित भएको पुष्टिपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई उपचार पछि ८ मार्चमा डिस्चार्ज गरेर घर फर्काइएको थियो ।

महिलाको नजिकका सम्पर्कहरू पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएका छन् ।

उक्त महिलाले आफ्नो कुकुरको मृत्युको कारण जाँच गर्न शव परीक्षणको लागि अनुमति दिन राजी भइनन् ।

Loading...