दीपिकाले मागिन् रोनाल्डो र कोहलीको साथ

एजेन्सी, ५ चैत । कोरोनाबाट बच्न र जनचेतना फैलाउने काममा बलिउड अभिनेत्री दीपिका पादूकोण अघि सरेकी छन् ।

दीपिकाले ‘डब्लुएचओ’ सँग सहकार्य गर्दै यो महामारीबाट बच्न जनचेतना फैलाउनका लागि ‘सेफ ह्यान्ड च्यालेन्ज’ अर्थात् भाइरसबाट बच्नका लागि हात धुने तरिका सिकाउँदै भिडियो बनाएर आफ्नो औपचारिक सामाजिक सञ्जालमा ट्वीटरमार्फत सेयर गरेकी छन् ।

महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले जनचेतना फैलाउनका लागि दीपिकासँगै अभिनेत्री प्रियंका चोपडालाई आह्वान गरेका थिए ।

ट्वीटरमा भिडियो राख्दै दीपिकाले ‘डब्लुएचओ’ ले आफूलाई यो च्यालेन्जका लागि नोमिनेट गरेकोमा धन्यवाद दिँदै टेनिस खेलाडी रोजर फेडरर, फुटबलर क्रिस्टियानो रोनाल्डो र क्रिकेटर विराट कोहलीलाई नोमिनेट गरेकी छन् ।

यस्तै अभिनेत्री अनुष्का शर्माले पनि इन्स्टाग्राममा भिडियो सेयर गर्दै सफा र स्वास्थ रहन सल्लाहसमेत दिएकी छन् ।

Loading...