बलिउड अभिनेत्री सोनम कपुर सेल्फ आइसोलेसनमा

एजेन्सी, ५ चैत । बलिउड अभिनेत्री सोनम कपुर सेल्फ आइसोलेसनमा बसेकी छन् । बेलायतबाट भारत फर्किएलगत्तै उनले आइसोलसनमा बस्ने निर्णय गरेकी हुन् ।

लण्डनबाट फर्किँदै गर्दा सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन् ।

भारतको विमानस्थलमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफसमेत गरेकी छिन् ।

साथै, विमानस्थलमा जाँच उनको पटक–पटक गरिएको र घर पुगेर परिवारसँगको भेटपछि आफूहरू सेल्फ आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो मात्रै ९७ वर्षीय अभिनेता दिलीप कुमारले सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका थिए ।

विश्वभर फैलिएको कोरोनाको त्रासले मानिसहरू भाइरसबाट बच्नका लागि भीडभाडयुक्त इलाकामा सकेसम्म जान अस्विकार गर्दै आफ्नो घरमै बसिरहेका छन् ।

Loading...