सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौं, ५ चैत । बुधबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । मंगलबार घटेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजारले बढेर प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलाको ७ सय १० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

Loading...