नेकपा बैठकमा गाँजाको चर्चा

विराटनगर, ५ चैत । गाँजा खेतीलाई वैधानिकता दिने विषयमा प्रदेश १ को सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा चर्चा भएको छ ।

मंगलबार प्रदेश १ को नेकपा संसदीय दलको बैठक बसेको थियो । बैठकमा संसादहरूले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्नुपर्ने बताए ।

बैठकमा धनकुटाकी संसाद कुसुम श्रेष्ठले औषधीय गुण भएको गाँजालाई राज्यले कानून बनाएर खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी थिइन् ।

अन्य सांसदले पनि गाँजाको प्रतिबन्ध फुकाउने प्रस्ताव गरेका थिए ।

संघीय संसदमा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापनका लागि कानूनी व्यवस्था माग गर्दै विधेयक दर्ता गराएका छन् ।

पछिल्लो समय गाँजालाई वैधानिकता दिनुपर्ने आवाज उठ्दै आएको छ ।

उदयपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद विमल कार्कीले पनि नै संसद बैठकमा गाँजालाई वैधानिकता दिनुपर्ने बताएका थिए ।

मंगलबार बसेको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गाँजालाई वैधानिकता दिने विषयमा आफू पनि सकारात्मक भएको बताएका थिए ।

Loading...