प्रदेश २ को नामाकरणमा बाबुरामको हिन्दी ट्विट

काठमाडौं, ५ चैत । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले २ नम्बर प्रदेशको नामाकरणका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

बुधबार बिहान ट्विट गर्दै २ नम्बर प्रदेशको नाम मधेस राख्न किन आपत्ति भयो ? भनी भट्टराईले प्रश्न गरे । हिन्दीमा भाषामा ट्विट गरेका उनले लेखेका छन्, ‘नेपालको संविधानमा ‘मधेसी’ पहिचान स्वीकार गरिसकेको छ भने २ नं प्रदेशको नाम ’मधेस’ किन हुन सक्दैन?’ ‘हाम्रा पूर्व माआवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन् ?’

भट्टराई अघि लेख्छन्, – ‘अनि पूर्व नयाँ शक्तिवाला साथीहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन् ? केही त लाज मान यार ?’

Loading...