नेकपा सचिवालय बैठक आज, कार्यकर्तालाई निर्देशन दिने तयारी

काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । ओलीको सल्लाह बमोजिम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुने भएका छन् । सचिवालय बैठकमा कोरोनाविरुद्ध एक जुट हुन कार्यकर्तालाई निर्देशन दिने सचिवालयका एक सदस्यले बताए ।

यसअघि फागुन १८ गते बोलकाएको सचिवालय बैठकमा ओलीले आफूले दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने जानकारी गराएका थिए । नेकपामा एमसीसी अनुमोदन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नलैजाने भन्ने बारेमा दुई अध्यक्षको मतभेद रहेको छ ।

Loading...