Rumpum Advertisement

साहसी आमा : चितुवासँग लडेर छोरीको उद्धार

Neuro Revised Adv
Koshi Dashain ad
साहसी आमा : चितुवासँग लडेर छोरीको उद्धार

तनहुँ, ५ चैत्र । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन्।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाइन्। चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक÷एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।