प्रदेश १ को नाम : नेकपा भित्र जुटेन सहमति

विराटनगर, ४ चैत । प्रदेश १ को नामको टुंगो लगाउन बसेको नेकपा प्रदेश १ को संसदिय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

मंगलबार नेकपा संसदीय दलको बैठकमा प्रदेश १ को नामाकरणको विषय टुंगो लगाउन छलफल भएको थियो । तर छलफलमा आएको कुनै प्रस्तावमा सहमति जुटेन ।

बैठकमा गहन छलफल भएको नेकपा प्रमुख सचेतक  बुद्धिकुमार राजभण्डारीले बताए । छलफबाट सहमति नजुटेपनि थप छलफल गरी जारी अधिवेशनबाट नै नामको टुंगो लगाउने सहमति भएको राजभण्डारीले बताए ।

बैठकले नेकपाको सचेतकमा सौभाग्यवती राईलाई चयन गर्ने निर्णय गरेको छ । यस अघि नेकपाको सचेतकमा राजकुमार ओझा थिए । तर नेकपाको मंगलबार बसेको बैठकले राईलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

एक नम्बर प्रदेशको नाम कोशी , किराँत , किराँत कोशी , किराँत लिम्बुवान , लिम्बुवानकिराँत कोच , सगरमाथा , कोशी सगरमाथा , विराट, मेची वा विजयपुर प्रदेश हुनुपर्ने दल र सांसदहरुले चर्चा गर्दै आएका छन ।

एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपाको ६७, काँग्रेसको २१, संघिय समाजबादीको ३, राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ साँसद छन । संबिधानमा व्यवस्था भए अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ ।

Loading...