प्रदेश २ ले मतदानबाट पनि पाएन नाम

जनकपुरधाम, ४ चैत । संसदमा मतदान भएपनि प्रदेश २ ले नाम पाउन सकेन् ।

प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता भएको चारैवटा प्रस्ताव अस्विकृत भएको हो । सोमबार भएको मतदानमा कुनै पनि प्रस्तावले दुई तिहाइ मत ल्याउन सकेन् ।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत परेको छ । दुई तिहाइ पुग्न सत्ता पक्षलाई १२ भोट पुगेन । प्रस्तावको विपक्षमा भने ४६खसेको थियो । एक मत बदर भएको थियो ।

प्रदेशको नामाकरणका लागि सत्तारूढ समाजवादी र राजपाले मधेस, नेकपाले जानकी, कांग्रेसले मिथिला– भोजपुरा र केही सांसदले मध्य मधेश प्रस्ताव गरेका थिए । तर चारवटै प्रस्ताव अस्वीकृत भएका छन् ।

प्रदेशको राजधानी जनकपुरधामलाई राख्ने विषयमा लगभग सहमति भइसकेछ ।

Loading...